राजनीति

कर्णाली प्रदेश

एमालेबाट सरकारमा सहभागी मन्त्रीले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्ने

इकागज |
असार १, २०७८ मंगलबार १५:३६ बजे

सुर्खेत : एमालेबाट सरकारमा सहभागी मन्त्रीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्ने बताएका छन् । आज बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरे पनि एमालेबाट सरकारमा सहभागी मन्त्री अम्मरबहादुर थापाले पक्षमा मतदान गर्ने बताएका हुन्  । 

‘दलको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरे पनि हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम पास गराउँछौं’, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री थापाले भने, ‘हामी विपक्षमा होइन, पक्षमा मतदान गर्छौं।’ सरकारलाई समथर्न गरेको पार्टीले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने, विपक्षमा मतदान गर भनेर ह्वीप लगाउने कामले अदालतकाे अपमान भएकाे उनकाे भनाइ छ । 


‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। त्यही भएर हामी सरकारमा सहभागी छौं’ उनले भने, ‘आफैंले ल्याएको नीति तथा कार्यक्रम कसरी आफैंले फेल गराउन सक्छौं?’ 


 


Author

थप समाचार
x