नयाँलाई जनताले मत दिन्छन् र उथलपुथल हुन्छ भन्ने अपेक्षा राख्नु गलत : सिके राउत
फाइल तस्बिर
काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उपनिर्वाचनबारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् ।
उनले भनेका छन् 'रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो- मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो । बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।'
उनले आफ्नोसमेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भन्ने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दाबि गरेका छन् ।
इलाम- २ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया