राजनीति

जसपाको यादव समूहले बिहीबार बोलायो कार्यकारिणी समिति बैठक

इकागज |
असार १, २०७८ मंगलबार १७:५१ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा) को संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले बिहीबार बिहान कार्यकारिणी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बिहान साढे ११ बजे कार्यकारिणी समिति बैठक बोलाइएकोले सहभागी हुन अध्यक्ष यादवले विज्ञ्प्ति जारी गरेर अनुरोध गरेका छन् । 

सत्ता समीकरणका विषयमा जसपामा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ । यादव समूह विपक्षी गठबन्धनको पक्षमा छ भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह भने वर्तमान सरकारमा सहभागी भएको छ । 



Author

थप समाचार
x