राजनीति

संसद् भवनअगाडि नेविसंघको प्रर्दशन : सात जना पक्राउ

इकागज |
असार १, २०७८ मगलवार १८:२५ बजे

काठमाडौँ : नेपाल विद्यार्थी संघले प्रधानमन्‍त्री तथा राष्‍ट्रपतिविरुद्ध प्रर्दशन गरेको छ । नेविसंघले मंगलबार साँझ संसद भवन नया बानेश्वरअघि प्रर्दशन गरेको हो ।  उनीहरूले प्रधानमन्‍त्री तथा राष्‍ट्रपतिविरुद्ध नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।


झडपका क्रममा प्रहरीले ७ जनालाई नियन्‍त्रणामा लिएको विद्यार्थी नेता मनिष शिम्‍खडाले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा मनिष सिम्खडा, अन्जन राज खतिवडा,  मनिष रायमाझी सन्जिब ढकाल,  सुवर्ण गौतम, मनिष खड्का र रमित खड्का छन् ।


Author

थप समाचार
x