राजनीति

‘संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’

इकागज |
बैशाख २९, २०८१ शनिबार १६:५८ बजे

फाइल फाेटाे

महेन्द्रनगर - वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले  संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताएका छन् । जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताए । 

“सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ”, नेता निधिले भने । कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेकोे उनको भनाइ थियो ।


नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडि बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा  ढिलाइ गर्न नहुने बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस


Author

थप समाचार
x