राजनीति

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक

इकागज |
बैशाख ३०, २०८१ आइतबार ११:६ बजे

फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।


सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x