विवादमा आएका राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले आर्थिक सल्लाहकार पदबाट राजीनामा दिएका हुन् ।
आइतबार राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले नेपालले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिइन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, उनको विज्ञप्तिमा भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया