राजनीति

गगन र रमेशलाई बोलाएर प्रधानमन्त्रीले भने- आज नीति तथा कार्यक्रममा अवरोध नगर्नुस्, सहकारीको समस्या समाधान गर्छु

इकागज |
जेठ १, २०८१ मंगलबार ९:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरूबीच छलफल सकिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूलाई सहकारी ठगी प्रकरणमा देखिएका समस्या समाधान गर्न आफू लागि परेकाले राष्ट्रपतिको सम्बोधनमा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न कांग्रेस महामन्त्री गगन कुमार थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।


‘प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा भएको समस्या समाधानका लागि मैले पूरै कोसिस गरिराखेको छु, मैले समस्या समाधान गर्छु, तपाईंहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गरिदिनुस् भन्नुभयो’ प्रमुख सचेतक लेखकले भने ‘सहकारीको समस्या समाधान गर्छु भन्ने प्रधानमन्त्रीको अभिप्राय छ । हामी त्यसलाई व्यवहारमा देख्न चाहन्छौं ।’


Author

थप समाचार
x