राजनीति

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रेग्मीको निधन

इकागज |
जेठ १, २०८१ मंगलबार १०:३२ बजे

काठमाडौँ- नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सरले थलिएका रेग्मीलाई काठमाडौँमा उपचार सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।


रेग्मीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिँदैछ ।


Author

थप समाचार
x