सरकारको नीति तथा कार्यक्रम निकै राम्रा आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम निकै राम्रा आएको र यसका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले अहिलेको कार्यक्रम राम्रो भएकाले यसलाई समर्थन गर्ने गरी बजेट आउने बताएका हुन् । उनले बजेट मार्फत सरकारको नीति कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
यस पटक नीति तथा कार्यक्रम र बजेटका तालमेल नभएको भन्ने गुनासो नआउने उनले दाबी गरे । त्यस्तै उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि धन्यवाद दिने बैठक कांग्रेसले अवरुद्ध गर्नु उचित नभएको बताए ।
अर्थमन्त्री पुनले जनप्रतिनिधि संस्थालाई लगातार अवरुद्ध गर्न नहुने भन्दै एकपक्षीय आरोपको जवाफ सदनमा दिन पाउनुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया