सरकारको नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरू छन् : गृहमन्त्री लामिछाने
फाइल तस्बिर
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरू आएको बताएका छन् ।
मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले केही पुराना कार्यक्रमका साथै धेरै राम्रा नयाँ कार्यक्रमहरू आएको बताएका हुन् ।
गृह मन्त्रालयमार्फत सबै तहका प्रहरी कर्मचारीहरूको अवकाश समय पुनरावलोकन गर्ने, बढुवाका कुरा, खुल्ला कारागार लगायतका नयाँ कार्यक्रम आएको उनले बताए । उनले सरकारको कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखे ।
गृहमन्त्री लामिछानेले बजेटमार्फत सरकारको कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास रहने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया