गिरीबन्धु प्रकरणमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न म तयार छु : रवि लामिछाने
'प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक'
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई आरोप वा धम्की नदिएको बताएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संसदमा बोल्ने क्रममा आफूले सहकारीमा आफूजस्तै अरू प्रकरणमा अरूको नाम पनि सञ्चार माध्यममा आएको दृष्टान्त दिएको प्रष्टीकरण गरे । छापामा आएकै भरमा आफूमाथि छानबिन गर्ने हो भने अरूमाथि पनि छानबिन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ ।
लामिछानेले गिरीबन्धु प्रकरणमा छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए । उनले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । सहकारी पीडितलाई न्याय दिने गरी सरकारले काम गर्ने उनको भनाइ छ ।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने भन्ने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया