राजनीति

एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्‍को कामकारबाहीलाई बाधा पुर्‍यायो : कानुनमन्त्री गिरी

इकागज |
जेठ ७, २०८१ सोमबार १५:३९ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारबाहीलाई बाधा पुर्‍याएको आरोप लगाएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानबिन समिति बनाउन सहमति भइसकेको अवस्थामा एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारबाहीलाई बाधा पुर्‍याएको आरोप लगाएका हुन् ।


संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रिक र असंवैधानिक रहेको उनको भनाइ छ । उनले समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने धारणा राखे ।

उनले कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेको र यसलाई सच्चाउनुपर्ने जिकिर गरे । 


Author

थप समाचार
x