राजनीति

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बैठक बस्दै

इकागज |
जेठ ८, २०८१ मंगलबार ७:१७ बजे

काठमाडौँ- सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । आज बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्दैछ ।

नेपाली कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी छानबिन गर्नुपर्ने अडानमा छ । त्यस्तै सत्तारूढ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नमानेका कारण सहमति जुट्‌न सकेको छैन ।


एमालेका नेतासमेत रहेका कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् ।


Author

थप समाचार
x