भीम रावलको प्रश्न- के मन्त्री र अरूका लागि फरक-फरक कानुन छ ?
काठमाडौँ - नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरीत दुई नागरिकता र दुई राहदानी हुँदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्- 'गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा 'विवरण फरक परेको'भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानुन छ ? कानुनी राज्यको उपहास !'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया