संसदीय समितिको कार्यादेश : लचिलो बन्यो कांग्रेस, गृहमन्त्री रविको नाम उल्लेख नगर्ने प्रस्ताव
फाइल तस्बिर
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ । कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको हो ।
तर संसदीय छानविन समितिको कार्यादेश (टिओआर) के बनाउने विषयमा सहमति हुन नसकेको नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । गृहमन्त्री रविको नाम नराखे उनी जोडिएको सहकारीको नाम राखेर जान कांग्रेसले प्रस्ताव गरेको बर्तौलाले बताए ।
कांग्रेसले आजको बैठकमा गोरखा मिडिया नेटवर्कको नाम राखेर छानबिन गर्नुपर्ने पनि प्रस्ताव कुरा ल्याएको छ । २०७८ असार १ गतेसम्म गोरखा मिडिया नेटवर्कमा गृहमन्त्री रवि प्रबन्ध निर्देशक थिए ।
कांग्रेसको नयाँ प्रस्तावपछि गृहमन्त्री रविलगायत आ-आफ्नो नेताहरूसँग छलफल गर्नका लागि केहि समय बैठक रोकिएको छ । बैठक फेरि केहि समयपछि बस्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया