महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
काठमाडौँ- महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
आइतबार महालेखापरीक्षक तोयम रायाले शितल निवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया