राजनीति

मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

इकागज |
जेठ १४, २०८१ सोमबार १५:२ बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा मनसुन पूर्व तयारीका विषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि मनसुनजन्य विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्ने तयारी गर्न निर्देशन दिएका हुन् । अहिले २० हजारलाई राहत दिन सक्ने गरी उद्धार र राहतका लागि राज्य सक्षम रहेको जानकारी दिँदै प्रकोपपछि तत्कालै उद्धार र राहतका लागि तयारी गर्नुपर्ने बताए ।


गृहमन्त्री लामिछानेले अत्यन्तै जोखिमयुद्ध क्षेत्रमा एक साताभित्र जनशक्ति परिचालन गरी नागरिकलाई सुसूचीत गराउने काममा लाग्न पनि निर्देशन दिए । उनले प्राकृतिक प्रकोपपछि आवश्यक पर्ने सामग्री अभाव भए खरिद कार्य अघि बढाउन सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूले मनसुन पूर्व तयारी र प्रतिकार्यका लागि गरिएको तयारीका बारेमा जानकारी गराएका थिए । 


Author

थप समाचार
x