राजनीति

यही असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको छ : मन्त्री जोशी

इकागज |
जेठ १४, २०८१ सोमबार १८:३८ बजे

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले यही असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित संघीयता, लोकतन्त्र र कानुनी शासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले कर्मचारीहरूको मनोबल उच्च बनाउने गरी संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले कर्मचारीहरूको सल्लाह र सुझावअनुसार नै संशोधन विधेयक आउने भन्दै कर्मचारीबीच हुने विभेद कानुनी रूपमा नै पूर्ण रूपमा अन्त्य गर्ने दाबी गरे ।


त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय तहहरूले राजनीतिक संघीयता पाए पनि प्रशासनिक र वित्तीय संघीयता अझै नपाएको बताए । संघले प्रदेशमा हस्तक्षेप गरेका कारण प्रदेश सञ्चालनमा समस्या आएको उनले बताए ।

कार्यक्रममा संघीयताको उद्देश्य, आवश्यकता र कार्यान्वयनको स्थितिबारे छलफल गरिएको थियो ।


Author

थप समाचार
x