राजनीति

जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

इकागज |
जेठ १६, २०८१ बुधबार २१:१७ बजे

फाइल फाेटाे

काठमाडौँ - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी छिन् । 

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा बुधबार काठमाडौंमा सुरु पहिलो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले संविधानमा उल्लेख मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्दै जनताको आधारभूत अधिकारलाई स्थापित गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताएकी हुन् । 


उनले अहिले देखिएको जलवायु परिवर्तनका कारण नेपालमा परेका असरले जनतालाई समस्या भएको भन्दै युवाहरूले आवाज उठाउनुपर्ने बेला आएको जिकिर गरिन् । 

त्यस्तै उनले खानेपानीको समस्याका कारण देशका विभिन्न स्थानका जनताहरू समस्या रहेको भन्दै यसमा पनि विशेष ध्यान दिनुपर्ने र प्राकृतिक स्रोतहरूलाई जोगाउनुपर्ने धारणा राखिन् । 


Author

थप समाचार
x