सरकारको स्थायित्वबारे कुनै शंका नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारको स्थायित्वबारे कुनै शंका नगर्न आग्रह गरेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपालको यता उता जाने प्रवृत्तिबाट आत्तिनु पर्ने अवस्था नरहेको र वर्तमान गठबन्धनबाट बाहिर नजाने बताए । बाहिर हल्ला भए जस्तो नहुने भन्दै बिहान मात्र माधव नेपालसँग कुराकानी हुँदा क्लियर गरेको उनले बताए । उनले मधेश प्रदेशमा पनि अहिले कै गठबन्धनको सरकार रहने दाबी गरे ।
प्रचण्डले अहिलेको गठबन्धनले स्थायित्व दिनेमा ढुक्क रहेको जिकिर गरे ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले यसपटक जनतामा उत्साह थप्ने गरी बजेट ल्याएको र कोशी प्रदेशका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया