सहमतिकै आधारमा विवाद समाधान गर्न पत्रकार महासंघलाई सञ्चारमन्त्रीको सुझाव
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहमतिकै आधारमा विवाद समाधान गर्न पत्रकार महासंघलाई सुझाव दिएकी छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाँचौ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री शर्माले पत्रकार महासंघ जस्तो संस्थालाई सहमतिकै आधारबाट अघि बढाउँदै संस्थागत ढंगबाट अघि बढाए राम्रो हुने बताइन् । महासंघको चुनावमा देखिएका विषयहरूलाई हल गर्न आफूले महासंघका नेतृत्वका साथै विभिन्न संगठनका प्रमुखहरूलाई सुझाव दिएको उनले बताइन् ।
मन्त्री शर्माले आमसञ्चार लगायतका विभिन्न ऐन कानुनहरू निकै पुरानो भएकाले समावेशीका विषय प्राथमिकतामा पर्न नसकेको बताइन् । विभिन्न नयाँ ऐन कानुनहरू निर्माण भइरहेको अवस्थामा समावेशीताको विषयलाई उच्च प्राथमिकता दिएर अघि बढाइने उनले बताइन् ।
उनले कानुनले गरेको व्यवस्थाअनुसार विभिन्न निकाय तथा संस्थाहरूमा दलित प्रतिनिधित्वका लागि जागरणको आवश्यकता रहेको धारणा राखिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया