राजनीति

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

इकागज |
असार ४, २०७८ शुक्रबार १४:२६ बजे

काठमाडौँ : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत मागेका छन् । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेर मत मागेका हुन् । 
मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै उनले प्रदेश सभामा विश्वासको मत मागेका हुन् ।  

नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासो मत लिनुपर्ने प्रावधान छ । गत बैशाख २९ गते संसदको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २९ मा पोखरेल मुख्यमन्त्री बनेका थिए ।  
६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन् । जनमोर्चाले कृष्ण थापालाई पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पद गुमेपछि तीन सदस्यबाट २ सदस्य भएको हो । 
 



Author

थप समाचार
x