राजनीति

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

इकागज |
जेठ २३, २०८१ बुधबार १३:२ बजे

फाइल तस्बिर

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद्‌ भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । 


सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद्‌ अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । 

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।


Author

थप समाचार
x