Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

सभामुखको उपस्थितिमा सहकारी ठगी छानबिन संसदीय समितिको पहिलो बैठक शुरु

इकागज |
जेठ २३, २०८१ बुधबार १५:२५ बजे

काठमाडौँ - सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज शुरु भएको छ ।

समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वर स्थित शंकर हलमा शुरु भएको हो । 


सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यही जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । 

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपावाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।
 


Author

थप समाचार
x