राजनीति

सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन

इकागज |
जेठ २४, २०८१ बिहीबार १२:४८ बजे

काठमाडौँ- नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो ।

खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए ।


जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गते मात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।


Author

थप समाचार
x