राजनीति

सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका छ : चित्रबहादुर केसी

इकागज |
जेठ २४, २०८१ बिहीबार १४:११ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा केसीले छानबिन समितिमा सत्तामा बसेका मान्छेहरू रहेकाले समितिले निकाल्ने प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन् ।


उनले सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरूले नै बदमासी गरेकाले यसअघिका विभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाए । अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्ने उनको भनाइ छ ।

केसीले सहकारीका बदमासी गर्नेविरुद्ध संगठित भएर आवाज उठाउनुपर्ने धारणा राखे । 


Author

थप समाचार
x