एमडिएमएस प्रणाली ढिलोचाँडो लागू हुन्छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ- सञ्चारमत्री रेखा शर्माले मोबाइलमा एमडिएमएस प्रणाली लागू गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छन् ।
नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारबाट राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सरकारले ढिलोचाँडो मोबाइलमा एमडीएमएस प्रणाली लागू गरेरै छाड्ने बताएकी हुन् ।
'एमडीएमएस प्रणाली लागू हुन्न भन्ने नसोचौं, ढिलोचाँडो एमडिएमएस लागू हुन्छ, यो प्रणाली लागू गर्ने प्रक्रियामा सरकार अघि बढे पनि तत्काल लागू गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन, निकट भविष्यमा यो लागू हुन्छ, ढुक्क हुनुस्, यसले देशको राजस्वमा पनि घाटा छ, त्यसतर्फ पनि सरकारको चिन्ता छ,' मन्त्री शर्माले भनिन् ।
उनले टेक्नोलोजीको विकास नभइसकेको कारण सरकारले अहिले नै एमडीएमएस लागू गर्न नसकिएकोमा भने सत्यता रहेको बताइन् । 'यो जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौं, यहाँ केही बदमासी पनि भएको रहेछ, छानबिन भइरहेको छ, अलि परिपक्व भएपछि एमडीएमएस लागू हुन्छ, सरकार त्यसमा तयार छ ।'
मन्त्री शर्माले मोबाइल व्यवसायीले चोरीको मोबाइल बेच्न छाडे ग्रे फोनको कारोबारसमेत बन्द हुने बताइन् । ग्रे फोनको कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीहरूको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्ने बताइन् ।
महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ । महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया