Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

प्रचण्डसँग मोदीको वाचा : इटालीबाट फर्किएपछि नेपाल आउँछु

इकागज |
जेठ २८, २०८१ सोमबार १४:२५ बजे

काठमाडौँ- नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पहिलो विदेश भ्रमण नेपालबाट गर्न निम्तो दिएका छन् । आइतबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले साँझ नै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए ।

'मोदीसँग वान टु वान कुरा भयो । मैले पहिलो भ्रमण नेपालबाट गर्न निम्तो दिएँ' प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाली पत्रकारहरूसँग भने 'उहाँले भ्रमणको निम्तो स्वीकार्नुभयो । पहिला नेपाल जान चाहेको पनि बताउनुभयो । तर १३ जुनमा जि सेभेनको बैठक इटालीमा भएकाले त्यहाँबाट फर्किएपछि आउँछु भन्नुभयो । इटालीबाट फर्किएपछि नेपाल कहिले आउने सोच्छु भन्नुभयो ।'


'मैले के बुझेको छु भने उहाँ छिट्टै नेपाल आउनुहुन्छ । उहाँ आफैले पनि अब नेपाल एक पटक जानुपर्छ भन्ने मानसिकता बनाएको बुझेको छु' प्रधानमन्त्री प्रचण्डले भने । 

त्यस्तै भारत र नेपालको जल्दोबल्दो बिषयमा पनि मोदीसँग छलफल गर्ने अवसर मिलेको प्रधानमन्त्री प्रचण्डले बताए । अरू देशको प्रमुखहरूसँग पनि छलफल गर्ने वातावरण बनेको उनले बताए ।

मोदीसँग वान टु वान कुरा हुँदा अघिल्लो पटक भारत आउँदा भएको सहमति र समझदारीको कार्यन्वयनलाई तिब्रता दिने कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले मोदी पनि सकरात्मक रहेको बताए ।

'बोर्डरसँग सम्बन्धित र ट्रेन ट्रान्जिटसँग लिएर कुरा भयो ।  वार्ता र संवादलाई तिब्रता दिनुपर्‍यो । वार्ता र संवादबाटै समस्या हल हुने दुवै जनाको विश्वास रह्यो' प्रधानमन्त्री प्रचण्डले भने । 


Author

थप समाचार
x