अर्थ मन्त्रालय विदेशीको एजेन्ट हो - अमरेशकुमार सिंह
फाइल फोटो
काठमाडौँ - स्वतन्त्र सांसद अमरेश कुमार सिंहले मन्त्रालय विदेशीका एजेन्ट हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभामा मन्त्रालयहरूको विनियोजन विधेयकमाथिको छलफलमा उनले नेपाली जनताको समस्याहरूमा गाइडेड नभएर विदेशी एजेन्टबाट गाइडेड भएको भन्दै यस्तो प्रश्न गरेका हुन् ।
उनले भने, 'अर्थ मन्त्रालय कहिले एडीबी, कहिले आइएमएफ, कहिले बीआरआइबाट गाइडेड हुन्छ, नेपाली जनतासँग कहिल्यै गाइडेड भएन । '
सांसद देखाउने दाँत मात्रै भएको उनले बताए । उनले भने, 'संसद देखाउने दाँत हो यो देश कसले चलाइरहेको छ ।' देश यहीका नेताले चलाएका भए संसदमा उठेका विषयहरूको सम्बोधन सरकारले किन गरेन उनले प्रश्न गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया