राजनीति

राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्‍याउनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज |
जेठ ३१, २०८१ बिहीबार १६:५९ बजे

काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् ।

पूर्व शिक्षामन्त्री डी.आर.पौडेलको पाँचौ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो टुङ्गोमा पुर्‍याउँदै राष्ट्रिय सहमतिका साथ समग्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन् । उनले मुलुकमा दिगो शान्ति स्थापनाका लागि शान्ति प्रक्रियालाई अल्झाई राख्न नहुने धारणा राखे ।


श्रेष्ठले राजनीतिक परिवर्तनलाई अधिकारमा मात्रै समिति नराखी यसका आधारमा मुलुकमा आर्थिक विकास र समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्ने बताए । व्यवस्था परिवर्तनका साथै जनतामा परिवर्तनको महसुस हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले समाजवाद उन्मुख समावेशी विशेषतालाई स्थापित गर्न सबै दलहरू गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।


Author

थप समाचार
x