लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा पुन: आचार्य नियुक्त
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन् ।
रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेश पौडेलको अध्यक्षतामा गठित तीन सदस्यीय समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उनलाई नियुक्त गरेका हुन् ।
रजिष्ट्रारका लागि मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डा. पुष्कर बज्राचार्यको पनि सिफारिस भएको थियो ।
रजिष्ट्रारका लागि आवेदन दिएका ९ जनामध्ये आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस समितिले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया