राजनीति

श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका कामहरू भएका छन् : मन्त्री अर्याल

इकागज |
असार २, २०८१ आइतबार १९:४९ बजे

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका कामहरू भएको दाबी गरेका छन् ।

मन्त्रीको कार्यभार सम्हालेको सय दिनमा भएका काम र भावी योजनाबारे जानकारी दिन आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले अनलाइन श्रम स्वीकृति, हटलाइन, श्रमाधान लगायतका महत्वपूर्ण काम भएको दाबी गरेका हुन् ।


उनले केही देशबाट सुरु गरेको वैदेशिक रोजगारका लागि माग प्रमाणीकरणको कामलाई आगामी श्रावणदेखि पूर्णरूपमा अनलाइन बनाउने जानकारी दिए । त्यस्तै एक घण्टामा नै श्रम स्वीकृति दिने, कोटा प्रणाली खारेज लगायतका महत्वपूर्ण काम भएको उनले बताए ।

मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न आफूले काम गरिरहेको भन्दै चार हजारभन्दा बढी उजुरीमाथि अनुसन्धान भइरहेको बताए । उनले डिजिटल हस्ताक्षर साउनदेखि सुरु गर्न लागिएको भन्दै मन्त्रालयमा आएको फाइलका बारेमा जानकारी लिन मद्दत पुग्ने उल्लेख गरे ।

त्यस्तै उनले श्रमिकका समस्या बुझ्न नियमित रूपमा भर्चुअल बैठक बस्ने तयारी गरिएको भन्दै श्रम क्षेत्रमा नीतिगत तथा कानुनी सुधारका थप कामलाई अघि बढाउन खोजिएको जिकिर गरे । 


Author

थप समाचार
x