राजनीति

संवैधानिक परिषद्को बैठक जारी

इकागज |
असार २, २०८१ आइतबार १९:१५ बजे

काठमाडौँ- संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।

परिषदको बैठकमा निर्वाचन आयोगमा रिक्त एक आयुक्तको नियुक्ति लगायतका विषयमा छलफल हुने बताइएको छ ।


परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने गर्दछन् ।


Author

थप समाचार
x