राजनीति

सिन्धुपाल्चोकका बाढी पहिरोको जोखिम बस्तीलाई स्थानान्तरण गर्न सभामुखको माग

इकागज |
असार ५, २०७८ शनिवार १९:२२ बजे

फाइल फाेटाे

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवम् जोखिममा परेका स्थानीबासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका छन् । 

गएरातिको अविरल वर्षात्ले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु¥याएको थियो । उनले टेलिफोन मार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित बसोबास एवम् बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएका हुन् ।


यसपछि आज नै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । सो अवसरमा महानिर्देशक थापाले  केही दिनभित्रै  सडक सुचारु गरिने जानकारी दिए । भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तर्गतका सडक ठाउँ ठाउँमा भासिएको छ । रासस


Author

थप समाचार
x