अन्तिमसम्म पनि शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउने एजेण्डा कार्यान्वयन गर्न लागिपर्ने छु : मन्त्री श्रेष्ठ
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डालाई प्रभावकारी बनाइने बताएकी छन् ।
आफ्नो कार्यकालको एक सय दिनमा भएका काम र भावी योजनाका बारेमा जानकारी दिन मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले आफू अन्तिमसम्म पनि शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डा कार्यान्वयन गर्न लागिपर्ने बताइन् ।
अहिलेसम्म ८ सयभन्दा बढी शिक्षकहरूले राजनीतिक आबद्धता त्यागे पनि चित्तबुझ्दो भने नरहेको उनले बताइन् । उनले यसलाई प्रभावकारी बनाउन निर्वाचन आयोगसँग तथ्याङ्क समेत माग गरेको धारणा राखिन् ।
मन्त्री श्रेष्ठले काजमा गएका कर्मचारीको तथ्याङ्क नरहेको र पालिकामा समेत शिक्षकहरूलाई राखिएको अवस्थामा त्यसलाई व्यवस्थित पार्ने काम सुरु गरिसकेको जानकारी दिइन् । उgले शिक्षा सेवा नियमावली अन्तिम चरणमा पुगेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको समेत बताइन् ।
त्यस्तै मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि गरिएका अध्ययन प्रतिवेदनको अध्ययन गर्ने र सकारात्मक सुधारका सुझावहरूलाई ग्रहण गर्ने जिकिर गरिन् । विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनका लागि संसदीय समितिमार्फत पहल भइरहेको उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया