राजनीति

बजेट पुनर्लेखन गर्न सरकारलाई काँग्रेसको सुझाव

इकागज |
असार ५, २०८१ बुधबार १८:० बजे

फाइल फाेटाे

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएको छ । 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले  बजेटप्रति चौतर्फी असन्तुष्टि देखा परेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । 


उनले बजेटमा देखिएको असन्तुष्टि नसच्याए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकिर गरे । मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तिका च्यात्ने, रोष्टममा मौन बस्ने लगायतका क्रियाकलाप निकै लज्जास्पद भएको उनको भनाइ छ । 

उनले सुदूरपश्चिम लगायत पुरै देशभर विनियोजन गरिएको बजेटमा कुनै सांसदले पनि चित्त बुझाउन नसकेको  धारणा राखे । 


Author

थप समाचार
x