राजनीति

सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

इकागज |
असार ९, २०८१ आइतबार १६:५९ बजे

काठमाडौँ- सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफूले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् ।

उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।


उनलाई सरकारले दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।


Author

थप समाचार
x