मन्त्रालयमा नयाँ कार्यक्रमका लागि निकै कम बजेट छ : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा नयाँ कार्यक्रमका लागि निकै कम बजेट रहेको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका लागि छुट्याएको बजेटमध्ये करिब ९३ प्रतिशत अनिवार्य दायित्वमा खर्च हुने भन्दै बचेको केही रकममात्रै नयाँ कार्यक्रमका लागि छुट्याइएको बताएकी हुन् ।
सार्वजनिक विद्यालयहरूको रूपान्तरण लगायतका धेरै प्रभावकारी कार्यक्रमहरूको सुरुवात आगामी आर्थिक वर्षदेखि सुरु हुने उनको भनाइ छ । उनले शिक्षा क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानका लागि नयाँ शिक्षा ऐन सम्बन्धी विधेयक सदनमा विचाराधीन रहेको जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले शिक्षकहरू प्रशासनको उच्चतम विन्दु रहेकाले दलीय आबद्धताबाट टाढा लैजानुपर्ने बताइन् । सामुदायिक र निजी क्षेत्रका विद्यालयको पढाइमा गुणस्तर फरक छ भन्ने भाष्य जबर्जस्ती बनाइएको भन्दै उनले सामुदायिक विद्यालयको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया