राजनीति

​मुख्यसचिव अर्याल : निलम्बनपछि सरकारी कामबाट हटे, हटेनन् सरकारी वेबसाइटबाट

इकागज |
असार १०, २०८१ सोमबार १०:३८ बजे

काठमाडौँ- ​मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएपछि सरकारी वेबसाइटमा भने उनको नाम नै उल्लेख छ । आइतबार टेरामक्स र सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका थिए ।

तर सरकारको मुख्यसचिव भने अर्याल नै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाइटमा अहिलेसम्म अर्यालकै नाम छ । सोमबार बिहान साढे १० बजेसम्म वेबसाइटमा अर्यालकै नाम छ ।


अर्याल निलम्बनमा परेपछि आइतबार नै प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरूमध्ये गडतौला वरिष्ठ हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने व्यवस्था छ । 

दफा १७ मा उल्लेख छ- सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा (४) बमोजिम थुनामा राखेकोमा त्यसरी थुनामा राखेको अवधिभर र दफा १८ बमोजिम मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ ।

अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको थियो । 


Author

थप समाचार
x