राजनीति

निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालको योजना आयोगमा सरूवा

इकागज |
असार १०, २०८१ सोमबार ११:५८ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको हो । 


अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।

 आइतबार टेरामक्स र सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका थिए ।


Author

थप समाचार
x