राजनीति

छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाइने

इकागज |
असार १०, २०८१ सोमबार १६:५७ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाउने निर्णय भएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सोमबार नै छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।


गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लागि समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राखे । त्यस्तै उनले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउ गोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एक जनालाई पक्राउ गरिएको बताए । उनले पीडित बालिकाको उपचार भइरहेको पनि जानकारी दिए ।

गृहमन्त्री लामिछानेले निर्मला पन्तको हत्याको अनुसन्धान अझै पनि प्राथमिकतामा रहेको र अनुसन्धान भइरहेको बताए । ​उनले महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शून्य सहनशीलता कायम गरी कारबाही गर्न निर्देशन दिएको पनि बताए ।


Author

थप समाचार
x