राजनीति

कोइरालाको जन्मजयन्तीमा फोटो प्रदर्शनी हुने

इकागज |
असार ११, २०८१ मंगलबार ८:३ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार तथा प्रचार विभागले कोइरालाको जन्मजयन्तीको अवसरमा असार १८ गते फोटो प्रदर्शनी गर्न लागेको हो ।


कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा हुन लागेको फोटो प्रदर्शनीको शुभारम्भ कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

उक्त कार्यक्रममा फोटो प्रदर्शनी र 'क्रान्तिदेखि शान्तिसम्म, समुन्नतीको दोस्रो जग', 'फोटो पत्रकारिता : जोखिम र अनुभव'बारे  विमर्श हुने बताइएको छ ।


Author

थप समाचार
x