राजनीति

समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि सबैले भूमिका खेल्नुपर्छ : मन्त्री शर्मा

इकागज |
असार १३, २०८१ बिहीबार १७:४७ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि सबैले भूमिका खेल्नुपर्ने बताएकी छन् ।

नेपाल साहित्यिक पत्रकार संघको १८ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा शर्माले समाजमा सकारात्मकभन्दा पनि नकारात्मक प्रवृत्ति हावी भएको भन्दै समाजलाई सकारात्मक मार्गनिर्देशन गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने बताएकी हुन् ।


निष्ठाको राजनीतिमा आफूहरू समाहित भए पनि अहिले राजनीतिप्रतिको नकारात्मक भाष्य हटाउन यस क्षेत्रलाई सुधार गर्नुपर्ने उनले बताइन् । शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको भन्दै यस क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर धारणा राखिन् । अब साहित्यिक क्षेत्रलाई समयसापेक्ष रूपमा सूचनामैत्री बनाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न साहित्यिक पत्रकारहरूलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x