राजनीति

मदन भण्डारीले अपनाएको द्वन्द्वात्मक भौतिकवादलाई व्यवहारमा उर्तानुपर्छ : सभामुख घिमिरे

इकागज |
असार १४, २०८१ शुक्रबार १२:५१ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ, जीवनउपयोगी र वैज्ञानिक बनाउन स्वर्गीय जननेता मदन भण्डारीले अपनाएको द्वन्द्वात्मक भौतिकवादलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् । 

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्मजयन्ती तथा मदन भण्डारी मेमोरियल कलेजको २३औँ वाषिर्कोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नेपालमा शिक्षा सबैको लागि सर्व सुलभ र व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सर्व सुलभ, जीवन उपयोगी र वैज्ञानिक बनाउन मदन भण्डारीले अपनाएको द्वन्द्वात्मक भौतिकवादलाई व्यवहारमा उतार्नुपर्ने बताएका हुन् । 


उनले मदन भण्डारीले स्थापना गरेको मार्गदर्शन भित्र शिक्षा खाली शिक्षाको लागि नभएर समाजका लागि भएकाले शिक्षा जीवन उपयोगी र समाजलाई परिवर्तन गरी विश्वमा भएका विकासलाई नेतृत्व गरी आफ्नो ठाउँमा प्रयोग गर्न सक्नुपर्छ भन्ने मान्यता रहेको धारणा राखे । 

सभामुख घिमिरेले नेपालको शिक्षाले नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक श्रोत साधनको सदुपयोग गर्ने तथा पर्यापर्यटनहरूको विभिन्न क्षेत्रहरूको उद्घाटन गर्ने सन्दर्भमा कसरी प्रयोग गर्न सकिन्छ भनेर सोही अनुरूपका पाठ्यक्रमहरू निर्माण गरी दक्ष शिक्षकहरूबाट सिकाइ गर्ने जमर्को गरेपनि सोचे अनुरूप उपलब्धि हासिल गर्न नसकेको बताए । 

सभामुख घिमिरेले विभिन्न क्षेत्रको प्रतिकूलताको बाबजुद पनि अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x