राजनीति

देउवा, दाहाल, भट्टराई र यादवले नेपाललाई सोधे : ओलीसँग मिल्न लाग्नु भएको हो ?

इकागज |
असार ६, २०७८ आइतबार १९:१९ बजे

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक जारी छ । साँझ ५ः४० बजेबाट सुरु भएको बैठकमा सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

 बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाका विषयमा छलफल भइरहेको बताइएको छ ।  ‘केपी ओली र माधव नेपाल मिल्ने भन्ने कुरा आइरहेको छ यही विषयमा नेपाललाई नेताहरुले कुरा के हो भनेर सोध्नु भएको छ,’ बुढानिलकण्ठ स्रोतले भन्यो, ‘योबाहेक लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धनको रणनीति तथा अन्य विषयमा कुरा भइरहेको छ ।’ 



Author

थप समाचार
x