राजनीति

विपक्षी गठबन्धनको बैठक : गण्डकीमा सरकार बन्यो, अन्य प्रदेशमा पनि प्रयास जारी राख्‍ने

इकागज |
असार ६, २०७८ आइतबार २०:२ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा गण्डकीमा सरकार बनाउन सफल भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, जसपाकै अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधवकुमार नेपालले सभापति देउवालाई धन्यावाद दिए । साथै लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशमा पनि विपक्षी गठबन्धनको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने विषयमा पनि छलफल भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले इकागजलाई जानकारी दिए । साँझ ५:४० बजे सुरु भएको बैठक डेढ घण्टाभन्दा लामो समय चलेको थियो । 

बैठकले बाढी पहिरोले निम्त्याएको विपद्‍तर्फ सरकारको ध्यान नगएको निष्कर्ष निकालेको खड्काले जानकारी दिए ।  त्यस्तै देउवा, दाहाल, भट्टराई, यादवलगायतले नेता नेपाललाई केपी शर्मा ओलीसँग वार्ताको प्रयास भइरहेको र उता मिल्न लागेको विषयमा प्रश्न सोधेका थिए । 'पार्टी एकताका विषयमा ओलीसँग छलफल भए पनि यो गठबन्धनलाई हाम्रो समूहको साथ र समर्थन जारी रहन्छ' नेता नेपाललाई उदृत गर्दै बुढानीलकण्ठ स्रोतले भन्यो । 


 


Author

थप समाचार
x