राजनीति

सहकारीबाट मलको वितरण राम्रोसँग हुन सकेन : आरजु देउवा

इकागज |
असार १५, २०८१ शनिबार १६:२२ बजे

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजू राणाले किसानहरूलाई सहज रूपमा मल वितरण हुनुपर्ने बताएकी छन् ।

धान दिवसका अवसरमा नेपाल किसान महासंघ जिल्ला कार्यसमिति भक्तपुरले शनिबार सल्लाघारीमा आयोजना गरेको कार्यक्रममा उनले समयमा नै मल नपाउँदा किसानलाई समस्या भएको र भएको मल पनि सहज रूपमा वितरण हुन नसकेको बताएकी हुन् ।


उनले सहकारीबाट मलको वितरण राम्रोसँग हुन नसकेको जिकिर गरिन् । सभापति राणाले कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने भए पनि सरकारले यसतर्फ ध्यान दिन नसकेको बताइन् ।

उनले देशलाई अघि बढाउनका लागि एकजुट हुनुपर्ने बताइन् । 


Author

थप समाचार
x