राजनीति

देउवाले बोलाए पदाधिकारी बैठक

इकागज |
असार १६, २०८१ आइतबार १५:९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले सोमबार अपरान्ह पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।


सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।


Author

थप समाचार
x