राजनीति

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

'सञ्‍चार माध्यममा चर्चा भएजस्तो सरकार परिवर्तनको कुनै सम्भावना छैन'

इकागज |
असार १७, २०८१ सोमबार १८:५९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले सञ्चार माध्यममा चर्चा भएजस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको भन्दै वर्तमान सत्ता समीकरण पूरै अवधि चल्ने ब्रिफिङ गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । बाहिर चर्चा भएजस्तो सत्ता समीकरणमा असमझदारी भयो भन्ने कुरा असत्य रहेको र सकारात्मक ढंगले छलफल अघि बढिरहेको प्रधानमन्त्रीले बताएको शर्माले बताइन् ।


त्यस्तै मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट मानव संशाधन विकास, छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने करिब ३८ करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्त्व ऐन संशोधन गर्न बनेको विधेयकलाई पनि संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । 


Author

थप समाचार
x